असारयता बाढी पहिरोबाट गण्डकी प्रदेशका ३४ जनाले ज्यान गुमाए
काठमाडौँ । गण्डकी प्रदेशमा असारयत बाढी पहिरोका कारण ३४ जना ज्यान गुमाएका छन् । कास्की र पर्वतमा विहीबार र शुक्रबार मात्रै पहिरोमा परी १८ जनाको ज्यान गरेको छ ।
पहिरोकै कारण पोखरा–बागलुङ जोडने मुख्य राजमार्गसमेत अवरुद्ध बन्न पुगेको छ ।
भूपी शेरचन राजमार्गका अधिकाशँ स्थानमा पहिरो झरेको छ भने कतै बाढीले सडकखण्ड नै बगाएको छ ।
राजमार्ग अवरुद्ध बनेपछि पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङवासी राजमार्ग भएर आउजाउ गर्न सक्ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।
राजमार्ग अवरुद्ध बन्दा यातायात सेवा पूर्ण रुपले प्रभावित भएको छ भने त्यहाँका विरामीहरुलाई अस्पतालसम्म लैजान पनि हेलिकोप्टरमार्फत बाहेक अन्य उपाय नरहेको थाहा भएको छ ।
गत असारमा पर्वतको दोबिल्लामा बाढी, पहिरोले भूपी शेरचन राजमार्गको पर्वत खण्ड हेरिरहेका इन्जिनियरसहित ३ जना बगाएको थियो । त्यही अहिले ठूलो पहिरो खसेर पुरै सडक नै बगाएको छ ।
सो राजमार्ग अन्तरगत पर्ने पर्वत जिल्लाको विभिन्न स्थानमा मात्रै ११ वटा पहिरो खसेका छन् ।
राजमार्ग खुलाउन प्रयास भइरहेको भएपनि झण्डै साता दिनलाग्ने जनाइएको छ ।
