हेटौंडामा रोडिजको अडिसन हुँदै

तु खबर संवाददाता
२०७८ भाद्र १९, शनिबार ०८:१८

मकवानपुर । हिमालय रोडिजको चौथो सिजनको अडिसन आज (शनिबार) हेटौंडामा हुँदैछ ।

हेटौंडास्थित यामाहा शोरुममा दिउँसो १ बजे अडिसन हुनेछ । हिमालय रोडिजको टाइटल स्पोन्सर यामाहाले गरेको छ ।

कोभिडका कारण डिजिटल अडिसन दिन नपाएकाहरुलाई अवसर दिने गरी आज प्रत्यक्ष अडिसन दिन लागेको यमाहा कम्पनीको मोटसाइकल हेटौंडाका लागि आधिकारिक डिलर राज मोटरसाइकलका संचालक राजन श्रेष्ठले जनाएको छ ।

हिमाल रोडिज हेटौंडासहित देशभरको १५ स्थानमा अडिसन दिने जनाएको छ ।