मकवानपुरमा आज कोरोना पुष्टि हुनेको भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी

तु खबर संवाददाता
२०७८ भाद्र १८, शुक्रबार १७:४६
filr-photo

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको भने ३८ जना कोरोना संक्रमणमुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा १२६ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमणपुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २१, थाहानगरपालिकाका ५, मकवानपुरगढी गाउँपालिकाका २ जना र बकैया गाउँपालिकाका एक जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या १४ हजार ८ सय ९६ जना पुगेको छ ।

यस्तै, जिल्लामा कोरोना निको हुनेको कूल संख्या १४ हजार ३ सय ८५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३८ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या १४ हजार ३ सय ८५ जना पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६१ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमणमितको मृत्यु नभएको जनाइएको छ ।