ढुंगाले किचेर तामाङको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन सानिमा हाइड्रोपावरमा ढुङ्गाले किचेर एक मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–१ का ४४ वर्षीय खगप्रसाद तामाङ रहेको प्रहरीले जनाएको छन् ।
प्रहरीका अनुसार, बिहीबार हाइड्रोपावरको भान्सा कोठामा बसिरहेको अवस्थामा माथिबाट ठूलो ढुङ्गा झरेर किचेर उनको घटनास्थलमा नै मृत्यु भएकोहो ।
जिल्ला अस्पतालमा शव परीक्षणका लागि प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ । मृतक सोही हाइड्रोपावरमा नै खाना पकाउने जिम्मेवारीमा रहेका थिए ।
