मकवानपुरमा थप ३६ जनामा संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ३४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, ९२ जनामा पीसीआर परीक्षण गर्दा २८ जना र ४२ जनामा एन्टीजेन परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको हो ।
मकवानपुरको आजको कोरोना संक्रमित दर १८ प्रतिशत रहेको छ । यससँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या १४ हजार ८ सय ६६ जना पुगेको छ ।
त्यसैगरी, मकवानपुरमा पछिल्लो २४ घण्टामा ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमित भई होम तथा संस्थागत आइसोलेशनमा बसेका ३६ जना कोरोना संक्रमणमुक्त भएका हुन् । यससँगै कोरोना संक्रमणमुक्र हुनेको संख्या १४ हजार ३ सय ४७ जना पुगेको छ ।
यस्तै, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १६१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
