अपडेट–हेटौंडामा भेटिएको शवको सनाखत
मकवानपुर । मकवानपुरको हेटौंडामा आज (बिहिबार) दिउँसो भेटिएको शवको सनाखत भएको छ ।
दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ सिवम् सिमेन्ट पछाडी कर्रा खोलामा भेटिएको शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उक्त शव मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ शिखरकटेरी बस्ने वर्ष ८७ को कोपी खडिवडाको रहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।
रिमालका अनुसार, खतिवडाको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा लगिएको छ ।
खतिवडाको मृत्यु के कारणले भएको हो भन्ने विषयमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
