हेटौंडामा एक पुरुषको शव फेला

तु खबर संवाददाता
२०७८ भाद्र १७, बिहीबार १६:२९
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको हेटौंडामा एक जनाको शव फेला परेको छ ।

आज (बिहिबार) दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ हटियामा एक जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, उक्त घटनाको विषयमा विस्तृत विवरण आउन बाँकी छ ।

हाल घटनास्थलमा प्रहरी निरीक्षकको टोली रहेको जनाइएको छ ।