पूर्वसचिव श्रीकान्त रेग्मीको निधन

तु खबर संवाददाता
२०७८ भाद्र १७, बिहीबार १४:५७

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीको निधन भएको छ । रेग्मीको आज (बिहिबार) बिहान ७१ वर्षको उमेरमा निधन भएको हो ।

केही वर्षदेखि मृगौला र मधुमेह रोगबाट पीडित रहेका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको हो ।

लामो समयसम्म गृहसचिव रहेका उनी एक कुशल प्रशासकका रूपमा चिनिन्छन् । उनका प्रशासन सुधारसम्बन्धी थुप्रै लेख, रचना तथा अन्तर्वार्ताहरू प्रकाशन, प्रसारण भएका छन् ।

उनकी श्रीमती र दुई छोरा रहेका छन् । छोरा विदेशमा रहेकाले उनी स्वदेश फर्केपछि मात्रै अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।