माओवादी केन्द्र भीमफेदी–६ को अध्यक्षमा गोपाल शर्मा

तु खबर संवाददाता
२०७८ भाद्र १६, बुधबार १७:४५

मकवानपुर । नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका वडा नम्वर ६ को अधयक्षमा गोपाल शर्मा चयन भएका छन् ।

वडा भेलाले शर्माको संयोजकत्वमा २९ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

भेला नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज बागमती प्रदेश सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यमा वडा भेला सम्पन भएको हो ।

भेलामा जिल्ला सचिवालय सदस्य बद्री स्याङ्तान, जिल्ला सदस्यहरु क्रमशः रन्जित कुमार राना, अप्सरा लोप्चन, प्रिति लाल लामा, मदन बर्तौला, भीमफेदी गाउँपालिका कमिटी अध्यक्ष दिपक गोलेलगायतको सहभागीता रहेको थियो ।