तरुण दल हेटौंडा उपमहानगर समितिको भेला सम्पन्न
मकवानपुर । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल हेटौंडा उपमहानगर समितिको नगर भेला सम्पन्न भएको छ । भेला बुधबार हेटौंडामा सम्पन्न भएको हो ।
भेला तरुण दल नगर अध्यक्ष सुनिल गिरीको सभाध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख अतिथ्यतामा भएको हो ।
कार्यक्रममा जिल्ला सभापति तथा बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँ, उपसभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सदस्य राजिव सुवेदी, भिमसेन महत, प्रवक्ता प्रदीप कोइराला, क्षेत्र २ संघीय सभापति यतिराज सापकोटा, नगर सभापति आनन्दराम पराजुली, जिल्ला महिला संघका अध्यक्ष लक्ष्मी श्रेष्ठ, कोभिड अनुगमन संयोजक उत्सव इटेनी, बागमती प्रदेश तरुण विभाग सदस्य योग्यराज सापकोटा, सुनिल दनहाल, ईश्वर पण्डित, शर्मिला श्रेष्ठ लगायतको अतिथ्यता रहेको थियो ।
