मकवानपुरमा थप ५२ जना कोरोनामुक्त, सबैभन्दा धेरै हेटौंडाका

तु खबर संवाददाता
२०७८ भाद्र १६, बुधबार १६:२६
filr-photo

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ५२ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् ।

विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेको ५४ जना संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, संक्रमणमुक्त हुनेमा सबैन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ४० जना संक्रमणमुक्त भएका हुन् ।

यसैगरी, संक्रमणमुक्त हुनेहरुमा थाहानगरापालिकाका ४ जना, मनहरी गाउँपालिकाका ३ जना, मकवानपुरगढी, बागमती, भीमफेदी र बकैया गाउँपालिकाका १÷१ जना रहेका छन् ।

यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १४ हजार ३ सय १९ जना पुगेको छ ।

यस्तै, जिल्लाम हालसम्म कोरोना संक्रमितको कूल संख्या १४ हजार ८ सय ३० जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना प्ष्टि भएसँगै संक्रमितको कूल संख्या १४ हजार ८ सय ३० जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १ सय ६१ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको जनाइएको छ ।