लुम्बिनी प्रदेशसभा बैठक भदौ ३० गतेसम्म स्थगित

तु खबर संवाददाता
२०७८ भाद्र १६, बुधबार १५:१४
file-photo

बुटवल । लुम्बिनी प्रदेश सभाको भदौ १७ गतेको लागि बोलाएको बैठक स्थगित भएको छ ।

प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित बैठक भदौ ३० गतेसम्म लागि स्थगित भएको प्रदेश सभा सहप्रवक्ता तथा सूचना अधिकारी विमला पौडेलले बताइन् ।

उनका अनुसार, भदौ १८ गते नेपाली काँग्रेसको अधिवेशनसमेत रहेकाले र प्रमुख प्रतिपक्ष दल एमालेसँग बैठक चलाउने विषय सहमति नजुटेका कारण बैठक स्थगित भएको हो ।

विपक्षी दल एमालेले आफूहरूको माग सम्बोधन नभएसम्म बैठक अवरुद्ध गर्ने अडान कायम राखेको एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता बैजनाथ चौधरीले बताए ।