पहिरोमा पुरिएर बालिकाको मृत्यु

तु खबर संवाददाता
२०७८ भाद्र १६, बुधबार ०९:००
file photo

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिवलाल सुनारकी ९ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

प्रहरीका अनुसार, मङ्गलबार साँझ घरमाथिबाट आएको पहिरोले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको हो ।

यस्तै, पहिरोमा पुरिएर अन्य तीन जना घाइते भएका छन् । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जनाइको छ ।