माओवादी केन्द्र भीमफेदी–३ को अध्यक्षमा थिङ
मकवानपुर । नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका–३ को अध्यक्षमा अर्जुन थिङ चयन भएका छन् ।
आज (सोमबार) भएको भेलाले थिङको संयोजकत्वमा २९ सदस्यीय कार्य समिति चयन भएको हो ।
कार्यक्रम पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक), पार्टी जिल्ला सचिवालय सदस्य तथा भीमफेदी गाउँपालिका इन्चार्ज बद्रि स्याङ्तान, जिल्ला सदस्यहरु क्रमशः प्रिती लाल लामा, रन्जित राना मगर, मदन बर्तौला, भीमफेदी गाउँपालिका पार्टी कमिटी अध्यक्ष दीपक गोले लगायतको आतिथ्यता रहेको थियो ।
