महामन्त्री पदमा उम्मेदवारी दिने गगन थापाको घोषणा

तु खबर संवाददाता
२०७८ भाद्र १४, सोमबार १६:३७
फाइल तस्बिर

मकवानपुर । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।

१३ औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार बनेका उनले ५ सय ८४ मत पाएका थिए । उनका ससुरा अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूहबाट महामन्त्रीका उम्मेदवार थिए । तर रामचन्द्र पौडेल समूहका डा. शशांक कोइराला निर्वाचित भएका थिए ।

थापा यो पटक कुन समूहबाट उम्मेदवार बन्ने अझै टुंगो लागेको छैन ।