गुडिरहेको मोटरसाइकलमाथि ढुङ्गा खस्दा चालकको मृत्यु

तु खबर संवाददाता
२०७८ भाद्र १३, आईतवार १७:१७

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ बिपी राजमार्गअन्तर्गत कटुञ्जेस्थित सडकमा गुडिरहेको मोटरसाइकलमा माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ ।

आज बिहान धुलिखेलबाट जनकपुरतर्फ जाँदै गरेको ज ८ प ७४९० नं को मोटरसाइकलमा माथिबाट बसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर घर भएका वर्ष २८ का सरोजकुमार साह रहेका छन् ।

प्रहरीका अनुसार, माथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए । घाइते मध्ये साहको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी मोटरसाइकलमा चालक हुन् ।

साहको शव अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, अर्का घाइते मोटरसाइकलमा सवार रहेका धनुषाको रामानन्दचोक घर भएका वर्ष ३० का सतीशकुमार साहको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।