सरकारले चाँडै पूर्णता पाउने छ – मन्त्री कार्की

तु खबर संवाददाता
२०७८ भाद्र १२, शनिबार १६:५०

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शेरबहादुर देउवा नेतृत्वको सरकारले चाँडै पूर्णता पाउने बताएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताएका हुन् । उनले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउने विषयमा आवश्यक छलफल भइरहेको बताए ।

मन्त्री कार्कीले नेपाली काँग्रेसको अधिवेशन तोकिएकै समयमा गर्न यही भदौ १८ गते वडास्तरीय अधिवेशन गरिने र सभापतिको उम्मेदवारीका लागि पनि सूचना जारी गरिने जानकारी बताए ।

एमसीसी एक विकास परियोजना भएकाले यो हाम्रो मुलुकलाई जरुरी छ भन्दै उनले यस सम्बन्धमा दलहरुबीच छलफल गरेर मात्र पारित गरिने बताए ।
उनले सरकारमा माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी र उपेन्द यादव पक्षको जनता समाजवादी पार्टी पनि सरकारमा सहभागि हुने संकेत गरे ।