मकवानपुरका दुई जना पक्राउ

तु खबर संवाददाता
२०७८ भाद्र ११, शुक्रबार १७:०५

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ५ जयसिंहस्थित खोलाको किनाराबाट लागूऔषध गाँजा ४४ किलोसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका वडा नम्वर ५ डिल्लिपुर बस्ने बर्ष २४ को रामचन्द्र मोक्तान र सोही ठाउँ बस्ने वर्ष २२ को अर्जुन ल्हो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार, आज (शुक्रबार) बिहान ५ बजेको समयमा मनहरी–५ स्थित भारी बाकेर हिडिरहेको उनीहरुलाई चेकजाँच गर्दा उक्त परिणामको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।