फाखेल–हुमाले हुँदै काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध
२०७८ भाद्र १०, बिहीबार १६:२९
मकवानपुर । वर्षाका कारण पहिरो जाँदा कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौं जोड्ने सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ सल्लेमा बिहिबार (आज) दिउँसो सडकको माथिबाट लेदो माटोसहितको पहिरो जाँदा कुलेखानी–फाखेल–हुमाने सडकखण्डमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएका छ ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालका अनुसार, निरन्तर वर्षाको कारण हेटौंडाबाट भीमफेदी–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौं जोड्ले सडकखण्डमा यातायात अवरुद्ध भएको हो ।
यातायात संचालनको लागि पहिरो पन्छाउने कार्य भइरहेको र केही बेरमै यातायात संचालन गर्ने प्रवक्ता रिमालले बताए ।
