प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यका भाई मृत भेटिए

तु खबर संवाददाता
२०७८ भाद्र १०, बिहीबार १३:४२
सांकेतिक तस्वीर

काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यका भाई मृत भेटिएका छन् ।

आचार्यका ५९ वर्षीय भाई रामप्रसाद आचार्य घरमै मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतका अनुसार बिहीबार बिहान उनी इनवरुवा नगरपालिका– ३ स्थित घरमा मृत भेटिएका हुन् ।

मृत भेटिएको सूचना पाएपछि प्रहरी टोली उनको घर पुगेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उपरीक्षक सञ्जय थापाले प्रहरी टोली मृतकको घर पुगेको बताए ।