रामचन्द्र पौडेल पक्षको बैठक चाक्सीबारीमा
काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा नेतृत्व चयनका लागि गुटगत छलफलले तीब्रता पाएको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु आज बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् । उनीहरुबीच क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्नासँगै महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार चयनका विषयमा छलफल भइरहेको जनाइएको छ ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलको चाक्सीवारीस्थित निवासमा भएको छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत उपस्थित छन् ।
कांग्रेसको १४ औं महाधिवेशन मंसिर दोस्रो साता काठमाडौंमा हुँदैछ । मंसिर ९ देखि १३ सम्म हुने केन्द्रीय महाधिवेशनका लागि भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ । कांग्रेसले अझै क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन ।
