हेटौंडाका ८५ जना कांग्रेसमा प्रवेश
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा विभिन्न पार्टी परित्याग गरी ८५ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
हेटौंडा–१७ र १८ नम्वरका वडाका युवाहरु नेकपा एमाले, माओवादी, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी ८५ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रम नेपाल तरुण दल हेटौंडा–१८ का अध्यक्ष अशोक केसीको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्य सुशान्त श्रेष्ठ, नगर सभापति आनन्दराम पराजुली, कोभिड–१९ अनुगमन समितिका मकवानपुर संयोजक उत्सव ईटेनी, क्षेत्रीय सदस्य गोपाल न्यौपाने, महाधिबेशन प्रतिनिधि कमला खड्का, तरुण दल जिल्ला सचिव सचित थापा, कांग्रेस १८ नम्बर सभापति राजेन्द्रराज बानियाँ, सहसभापति पुरुषोत्तम अधिकारी, तरुण दल हेटौंडा–१८ का उपाध्यक्ष मनोज पण्डित, जनक खतिवडा, रुद्र गोलेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
