यस्तो छ आजको मौसम
काठमाडौं । जल तथा मौसमपूर्वानुमान महाशाखाले हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा तराई नजिक रहेको जनाएको छ ।
महाशाखाका अनुसार, पूर्वी भू–भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ । बङ्गालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली पनि रहेको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बुधबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
