अफगानिस्तानमा रहेका नेपालीको चाँडै उद्दार गरियोस् – नेता पौड्याल

तु खबर संवाददाता
२०७८ भाद्र १, मंगलवार १८:२७
file-photo

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज (मंगलबार) बसेको बैठकमा विवेकशील नेपाली दलका संसदीय दलका नेता रमेश पौड्यालले अफगानिस्तानमा रहेका नेपालीहरुको यथाशिध्र सकुसल उद्दार गर्न प्रदेश सरकारमार्फत् संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

सार्क राष्ट्र अन्तरगत पर्ने अफगानिस्तान अहिले राजनीतिक भूमरीमा परेको र त्यहाँ लाखौँको संख्यामा नेपालीहरु पनि रहेकोले उनीहरुको तत्काल उद्दार गर्नु सरकारसमक्ष उनले माग गरेका छन् ।

अफगानिस्तानमा नेपालीहरु पनि जीउज्यानको असुरक्षा महशुस गरिएको अवस्थामा सरकारले उनीहरुलाई नेपाल ल्याउन विलम्ब गरिन नहुने बताए ।

उनले प्रदेश सरकारले पनि आफ्नो प्रदेशका कति नागरिक त्यहाँ छन् भन्ने अभिलेख तयार पारी छिट्टै उद्दार गर्नुपर्ने बताए ।

चालु आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि स्थगित गरेको प्रदेशसभा बैठक झण्डै एक महिनापछि बसेको हो ।