आज नेप्से झिनो अंकले बढ्दा १८ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०७८ भाद्र १, मंगलवार १६:३०

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ० दशमलव २३ अंकले बढेर ३ह जार १६० दशमलव ३२ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्स लिमिटेडले जनाएको छ ।

नेपा स्टक एकसचेन्जका अनुसार, नेप्सेमा सूचिकृत २२१ कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचकमध्ये ६ वटा समूहमा हरियाली छाएको छ । आज सर्वाधिक विकास बैंक समूहमा २९२ दशमलव ७३ अंकले बृद्धि भएको हो ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा पहिलोमा अपि पावर कम्पनी रहेको छ । कम्पनीको ८६ करोड ३८ लाख २४ हजार ७१७ रुपैयाँको कारोबार भएको हो ।

साथै आज १२ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने ५ वटा कम्पनीको सर्किट लेभलमा कारोबार भएको जनाइएको छ ।