महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

तु खबर संवाददाता
२०७८ श्रावण २८, बिहीबार ०९:४१
file-photo

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो बुढानीलकण्ठमा बस्ने भएको हो ।

उक्त बैठकमा पार्ठीको १४ औं महाधिवेशनको नयाँ कार्यतालिका र निर्वाचन निर्देशिकाबारे छलफल गर्ने कार्यसूची छ ।

भदौ १६–१९ सम्मका लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका ल्याउनेबारे कांग्रेसभित्र छलफल भइरहेको छ ।

बुधबार पार्टीका शीर्ष नेताहरुबीच महाधिवेशनका बारेमा घण्टौं छलफल भएको थियो ।