मंगलबार हालसम्मकै उच्च विन्दुमा पुग्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
यसअघि अधिकतम ३१ सय २३ विन्दुमा पुगेर रेकर्ड राखेको नेप्सेले मंगलबार आफ्नै पुरानो रेकसर्ड ब्रेक गर्दै अधिकतम ३१ सय ६१ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेपाल स्टक एक्सचेन्सका अनुसार यसदिन नेप्से परिसूचक अधिकतम ५१ दशमलव ८६ अंकले वृद्धि भएको छ ।
त्यसो त यसदिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२ अंकले बढेर ५८७ दशमलव ९५ विन्दुमा पुगेको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार यसदिन कुन २२५ कम्पनीका ३ करोड ३५ लाख कित्ता माथिको सेयर १ लाख ६३ हजार बढी पटक किनबेच हुँदा कुल १७ अर्ब ८४ करोड ६१ लाखको कारोबार भएको छ ।



