आइतबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७८ श्रावण २४, आईतवार १५:५०

काठमाडौं । आज साताको पहिलो दिन नेप्से झिनो अंकले बढेको छ ।

आइतबार नेप्से परिसूचक ० दशमलव ६६ अंकले बढेर ३ हजार १०८ दशमलव १३ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार, आज २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८६ रुपैयाँको कारोबार भएको छ ।

आज १३ उपसूचकमध्ये ६ उपसमूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज सर्वाधिक हाइड्रोपावर समूहमा ११५ दशमलव ०५ अंकले बृद्धि भएको हो । त्यस्तै आज निर्जीबन बीमा समूहमा २०२ दशमलव ७९ अंकले घटेको हो ।