सरकारले १ बर्षभित्र सुकुम्वासीहरुलाई जग्गा उपलब्ध गराउँछ –गगन थापा

तु खबर संवाददाता
२०७८ श्रावण २१, बिहीबार १२:०४
file-photo

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले भूमिहिन तथा सुकुम्बासीलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जज्गा उपलब्ध गराउने बताउनुभएको छ ।

उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आयोग गठन गर्ने नाममा पार्टीका कार्यकर्ता भर्ती गरेकोले सो आयोग खारेज गर्नुपरेको पनि
बताए ।

मंगलबार बसेको मन्त्रिपरिषदले नेकपा एमालेका नेता देवी ज्ञवालीको अध्यक्षतामा रहेको भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेको थियो।

आयोग विघटन भएको भोलिपल्ट बुधबार चितवन पुगेर सत्तारूढ कांग्रेसका नेता थापाले पार्टी कार्यकर्ता भर्ती गरेर बनाएको आयोग खारेज गरिएको भएपनि सुकुम्बासीले जग्गा पाउनेमा निश्चिन्त रहन आग्रह गरे ।

उनकाअनुसार पटकपटक गरिएका अध्ययनले जग्गा दिन आवश्यक पहिचान गरेकाहरूलाई जग्गा दिइने व्यवस्था सरकारले मिलाउने बताए।

पहिचान भएका सुकुम्बासीले अबको १२ देखि १५ महिना भित्रमा जग्गा प्राप्त गर्ने उनले बताए ।