बागमती प्रदेशमा कोरोनाबाट एकैदिन १४ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९) का कारण एकैदिन १४ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट बुधबार एकैदिन प्रदेशका ८ जिल्लामा १४ जनाको मृत्यु भएको हो । जसमा ५ जना महिला र ९ जना पुरुष रहेको प्रदेशको सामाजि कविकास मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा काठमाडौं उपत्यकाका ६ जना रहेका छन् । संक्रमणका कारण काठमाडौं, भक्तपुर र ललितपुरमा २/२ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका प्रवक्ता डा. पुरुषोतम सेढाईले जानकारी दिए ।
उनका अनुसार, संक्रमणबाट चितवन, काभ्रे र दोलखामा २/२ जना, मकवानपुर र रामेछापमा १÷१ जना रहेका छन् ।
मृत्यु हुनेमा २६ वर्षदेखि ८५ वर्ष उमेर समूहका व्यक्तिहरु रहेको प्रवक्ता डा. सेढाईले जानकारी दिए ।
यससँगै प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ४ हजार ८५ जनाको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
