कांग्रेस शीर्ष नेताहरुको बैठक बुढानिलकण्ठमा बस्दै

तु खबर संवाददाता
२०७८ श्रावण २०, बुधबार १२:५७

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक दिउँसो सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने गरी तय भएको छ ।

बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ ।

बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुने बताइएको छ ।

क्रियाशील सदस्यता छानविन समिलते सहमति गर्न नसकेका क्षेत्रको विवाद मिलाउने जिम्मा पार्टी पदाधिकारी बैठकले शीर्ष तीन नेतालाई दिएको थियो । शीर्ष नेताहरुलाई विवाद समाधभानका लागि पाँच दिनको समय दिइएको थियो ।