कांग्रेसको पौडेल पक्षको छुट्टै बैठक बस्दै

तु खबर संवाददाता
२०७८ श्रावण १९, मंगलवार १३:३३
file-photo

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक बस्दैछ ।

बैठकमा क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल हुने जनाइएको छ ।

बैठक दिउँसो २ बजेपछि नेता प्रकाशमान सिंहको निवास ठमेलमा बस्ने तय भएको छ ।

कांग्रेसमा क्रियाशील सदस्यताको विवादका कारण आगामी भदौमा तय भएको १४ औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ ।

यसपटक महाधिवेशन गर्नैपर्ने बाध्यताका बीच पार्टी सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए । देउवा सरकार सन्चालन र महाधिवेशन दुवैको दबाबमा छन् ।