आज यी प्रदेशमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
२०७८ श्रावण १९, मंगलवार ०९:५३
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी वायुको प्रभाका कारण देशका अधिकांश भू–भागमा सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्ष भइेको महाशाखाले जनाएको छ ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पहाडी भू–भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ ।
