स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारी सुविधा नलिने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सुविधा नलिने घोषणा गरेका छन् । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा सेवा बाहेक अरु कुनै पनि सरकारी सुविधा नलिने घोषण गरेका हुन् ।
राज्यमन्त्री श्रेष्ठले आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् । उनले आफू संलग्न सम्पूर्ण व्यवसायमा आवद्ध नहुने पनि बताएका छन् ।
श्रेष्ठलाई गत साउन १० गते प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेकी थिइन् ।
