आज कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि बस्दै छ ।
बैठक दिउँसो २ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने भएको हो ।
सो बैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए ।
बुधबारको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन एक दिनको समय दिएको थियो । सो समय बिहीबार दिउँसो सकिंदै छ ।
