यस्तो छ आजको मौसम

तु खबर संवाददाता
२०७८ श्रावण ८, शुक्रबार ०८:२५
file photo

मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश नं १, बागमती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको जनाएको छ ।

भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव जोखिम रहेको हुनाले नदि नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

यसैगरी, शुक्रबार दिउँसोको मौसम पूर्वानुमानका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको हुन सक्ने महाशाखाले जनाएको छ ।