आज नेप्से १८ अंकले बढ्यो

तु खबर संवाददाता
२०७८ श्रावण ७, बिहीबार १६:४९

काठमाडौं । आज साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक १८ दशमलव ७५ अकंले बढेर ३ हजार ४ दशमलभ ३१ बिन्दु कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २ सय २२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ४।०६ अंकले बढेर ५६२ दशमलभ २४ विन्दुमा पुगेको छ ।

आज बैंकिङ्ग हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा र म्युचुअल फण्ड समूहहरु चम्किदा समग्र नेप्सेमै सकारात्मक प्रभाव पर्न गएको हो ।