यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
काठमाडौं । यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ ।
शेयर रजिष्ट्रार सम्बन्धी कम्पन र क्यापिटलबीच नियुक्त गर्ने सम्बन्धी सम्झौता भएको छ ।
कम्पनीले शेयर रजिष्टारमा साउन १ गतेदेखि लागू हुने २ वर्षको लागि प्रभु क्यापिटललाई नियुक्त गरेको हो ।
प्रभु क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै क्यापिटलले अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्ने भएको छ।



