४ बजे मन्त्रिपरिषद बैठक बस्दै
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् ।
देउवाले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने जनाइएको छ ।
