मकवानपुरका बिरोध खतिवडासहित एमाले सांसदद्वारा कांग्रेस सभापति देउवाको पक्षमा मतदान

तु खबर संवाददाता
२०७८ श्रावण ३, आईतवार २२:५५

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका साँसद विरोध खतिवडाले पनि नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

आज प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका थिए ।

उनलाई नेकपा एमालेका खतिवडासहित २२ जना साँसदले विश्वासको मत दिएका हुन् । विश्वासको मत दिने साँसदहरुमा माधब नेपाल पक्षका मात्र नभई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि रहेका छन् ।

देउवालाई ओली सरकारका वन मन्त्री प्रेम आलेले समेत मत दिएपछि यसले बबाल मच्चिएको छ ।

माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।

राष्ट्रपति विद्यादेवि भण्डारीले नेपालको संविधनको धारा ७६ (५)) अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्धा परेको थियो । सो रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि नेपालको संविधानको धारा ७६ को ५ अनुसार र सर्वोच्च अदालतको परमादेशको आधारमा देउवा प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्री नियुक्त भएपछि देउवाले आज संसदमा विश्वासको मत लिएका हुन् । देउवाको पक्षमा १६५ मत खसेको छ भने विपक्षमा जम्मा ८३ मत खसेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*