प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन एमाले नेता खनालको आह्वान्

तु खबर संवाददाता
२०७८ श्रावण ३, आईतवार १५:१३
file-photo

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमालेका सांसदहरुलाई आह्वान गरेका छन् ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो पनि मत देउवालाई नै रहेको उल्लेख गरेका छन् ।

म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनैपनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु । उनले भनेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन् । नेकपा एमालेको २६ सांसदसमेत १४९ सांसदको समर्थनमा धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेका उनलाई सर्वोच्च अदालतको आदेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*