घूस लिएको आरोपमा अख्तियार हेटौँडा टोलीद्वारा हेल्थ असिस्टेन्ट पक्राउ

रौतहट, २१ कात्तिक । जिल्ला अस्पताल गौरका इमरजेन्सी इन्चार्ज प्रविण कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले घूससहित पक्राउ गरेको छ । ठेकेदार सँग घूस मागेको भन्दै झालाई १ लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको हो ।
अख्तियारको टोलीले इमरजेन्सी इन्चार्ज झालाई कार्यकक्षमै नगदसहित नियन्त्रणमा लिएको बताइएको छ । जिल्ला अस्पताल गौरमा मरम्मत तथा रंङरोगनको ठेक्का लिएका एक ठेकेदारसँग झाले रकम लिएको आरोप लागेतापनि झाले भने उक्त रकम सापटी मागेको बताएका छन् । ठेकेदारले आफूलाई फसाएको समेत उनको दाबी छ ।
झाले उक्त ठेकेदारलाई पटकपटक रकम मागेर हैरान बनाएको भन्ने उजुरी अख्तियारमा परेको थियो । पक्राउ परेका झालाई अख्तियारको टोलीले आवश्यक अनुसन्धानको लागि क्षेत्रीय कार्यालय हेटौडा पठाएको छ ।