आज कांग्रेसको पदाधिकारी बैठक बस्दै

तु खबर संवाददाता
२०७८ श्रावण १, शुक्रबार ०९:४४

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक आज बस्दै छ ।

बैठक आज २ बजे बस्न लागेको हो । तर, बैठक बस्ने स्थान निश्चित भइसकेको छैन ।

यसअघि बिहीबारको लागि तय भएको उक्त बैठक नेताहरुको कार्यव्यस्तताका कारण स्थगित गरिएको थियो ।

आज बस्ने बैठकमा भदौमा हुने पार्टीको १४ औं महाधिवेशन र समसामयिक राजनीतिमा विषयमा छलफल हुने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा नेताहरुबीच छलफल गर्ने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*