यूनियन लाइफको आइपिओ बाँडफाँड, नतिजा आजै सार्वजनिक हुने

तु खबर संवाददाता
२०७८ असार ३१, बिहीबार १८:५८
file-photo

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफाँड सम्पन्न भएको छ ।

कम्पनीको आइपीओ आज बिहान प्रि–अलोटमेण्ट सम्पन्न गरी आज नै बाँडफाँड भएको हो ।

उक्त कम्पनीले निष्काशन गरेको कूल ६४ लाख कित्ता आईपिओमा २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । तीमध्ये ५ लाख ३८ हजार ५०० जनाले १० कित्ताको दरले शेयर पाएका छन्  ।

यसको नतिजा भने केही बेरपछि आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।

आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*