बागमती प्रदेश प्रमुख प्रसाईद्वारा २ वटा विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बागमती प्रदेशसभाबाट पारित भई आएको २ वटा सरकारको आर्थिक विधेयक उनले बुधबार प्रमाणीकरण गरेका हुन् ।
प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ र आर्थिक बर्ष ०७८/७९ सेवा र कार्यहरुलाई प्रदेश संचित कोषबाट केही रहक खर्च गर्न र विनियोजित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ प्रमाणीकरण भएको प्रमुख प्रमुखको सचिवालयले जनाएको छ ।
