अमेरिकी राजदूत बेरीले दिए प्रधानमन्त्री देउवालाई बधाई
मकवानपुर । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको लागि अमेरिकी राजदूत र्याण्डि बेरीले बधाई शुभकामना दिएका छन् ।
मंगलबार साँझ प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेलगत्तै राजदूत बेरीले सामाजिक सन्जालमार्फत् बधाई दिएका हुन् ।
उनले ७५ वर्षदेखिको मित्रतालाई थप विस्तार गर्न देउवा सरकारसँग काम गर्न प्रतिक्षारत रहेको बताएका छन् । उनले बधाई दिँदै भनेका छन् , ‘करिव ७५ वर्ष लामो मित्रतालाई सरकारदेखि जनतासम्म सबै तहमा विस्तार गर्न हामी उहाँसँग काम गर्न प्रतिक्षारत छौं।’
