देउवा नेतृत्वको सरकारको गृहमन्त्रीमा बालकृष्ण खाँड

तु खबर संवाददाता
२०७८ असार २९, मंगलवार १८:०१

मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्रीमा कांग्रेसकै तर्फबाट बालकृष्ण खाँडको नाम निर्णय भएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खाँडलाई प्रधानमन्त्री देउवाले आजै गृहमन्त्री नियुक्त गर्ने भएका हुन् ।

यस्तै देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि मन्त्री बनाएका छन् । उनको मन्त्रालयको टुंगो लागिसकेको छैन ।

आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*