राष्ट्रिय जनमोर्चा सरकारमा जाने संभावना कम

तु खबर संवाददाता
२०७८ असार २९, मंगलवार १२:३०

मकवानपुर । राष्ट्रिय जनमोर्चा पार्टीले देउवा नेतृत्वको सरकारमा जाने संभावना कम रहेको जनाएको छ ।
पार्टी उपाध्यक्ष दुर्गा पौडेलले आजै सरकारमा सहभागि हुने संभावना कम रहेको बताइन् ।

पार्टीको बैठक नै नबसेकाले सरकारमा सहभागी हुने सम्भावना कम रहेको उनको भनाइ छ ।

उपाध्यक्ष पौडेलले पार्टीको बैठक भोलि बस्ने र संस्थागत निर्णयपछि मात्रै सरकारमा जाने वा नजाने भन्नेबारे थाहा लाग्ने बताएकी हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आजै सानो आकारको मन्त्रीमण्डलसहित प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गरेका छन् । पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको बारेमा देउवा बिहानैदेखि परामर्शमा व्यस्त छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*