बागमती प्रदेशसभाको बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज सोमबार पनि बस्दैछ ।
विहान ८ः३० बजेका लागि सभामुख सानुकुमार श्रेष्ठले बैठक आह्वान गरेका छन् ।
बैठकमा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले दर्ता गराएको उच्च शिक्षा विधेयक र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले दर्ता गराएको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलपल हुने जनाइएको छ ।
यसअघि आइतबार अबेरसम्म बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको बजेट विनियोजन विधेयकमाथि छलफलमा विपक्षी दलहरुले खर्च कटौती प्रस्ताव राख्ने क्रममा विद्युत अवरुद्ध भएपछि विपक्षी दलहरुले प्रदेशसभा बैठक बहिस्कार गरेका थिए ।
विपक्षी दलहरुले व्यवस्थापकीय कमजोरी र रात छिप्पिएको कारण देखाउँदै बैठक सार्न आग्रह गर्दा सभामुख श्रेष्ठले नकारेपछि उनीहरुले बैठक बहिस्कार गरेका थिए ।
विपक्षी दलहरुको बहिस्कारकाबीच सत्तापक्ष नेकपा एमालेले एकलौटी ढंगबाट सभामुख श्रेष्ठलाई बैठक संचालन गर्न आग्रह गरेपछि सो बैठकबाट प्रदेश सरकारको विनियोजन विधेयक पारित गरिएको थियो ।
