प्रदेश सरकारले मन्त्रीमुखी र गुटमुखी बजेट ल्यायो: नेता जम्कट्टेल

तु खबर संवाददाता
२०७८ असार २७, आईतवार १३:४८

मकवानपुर । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारले विभेदकारी बजेट ल्याएको भन्दै विरोध जनाएका छन् ।

भूगोल विशेष र आवश्यकताको आधारमा बजेट बनाउनुपर्नेमा मन्त्रीमुखी र गुटमुखी बजेट आएको भन्दै उनले आपत्ति जनाए ।

पटकपटकको अवरोधपछि आजबाट सुरु भएको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटमाथि बोल्दै जम्कट्टेलले बजेटले दलित, गरिब अल्पसंख्यक समुदायको क्षेत्रमा बजेटले कुनै पनि सम्बोधन नगरिएको
बताए ।

यसअघिका वर्षहरुमा निरन्तर रुपमा राखिको द्वन्द्वपीडितका कार्यक्रमहरु कटौती गरिएको भन्दै जम्कट्टेलले आपत्ति जनाए ।

द्वन्द्वपीडितका क्षेत्रका कार्यक्रमहरु नराखिएको, द्वन्द्वपीडित भन्नेवित्तिकै माओवादी मात्रै हुन् भन्ने सोच्नु गलत भएको उनको भनाई छ ।

अस्थायी र ज्यालादारीका कामदारलाई पनि सामाजिक सुरक्षाको कार्यक्रममा समेट्नुपर्ने आफूहरुको आवाजलाई सुरकारले नसुनेको पनि उनले गुनासो गरे । सरकारले पहुँचको आधारमा मात्र बजेट ल्याएको भन्दै उनले सरकारले समाज नचिनेको दावी गरे ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*